बागमतीमा हुने अन्तर प्रदेश खेलकुदका लागि परिषदले तोक्यो जिम्मेवारी

पाेखरा | फागुन २२, २०८०

बागमतीमा हुने अन्तर प्रदेश खेलकुदका लागि परिषदले तोक्यो जिम्मेवारी

पोखरा:    प्रदेश खेलकुद परिषद गण्डकीले बागमती प्रदेशमा पहिलो पटक सञ्चालन हुने अन्तर प्रदेश राष्ट्रिय खेलकुदकोे तयारी सुरु गरे संगै जिम्मेवारी समेत तोकेको छ ।


प्रदेश खेलकुद विकास परिषद बागमतीको आयोजनामा यहि फागुन ३० देखि चैत्र ८ गते सम्म सञ्चालन हुने प्रतियोगिताका लागि जिम्मेवारी तोकेको हो । परिषदको सोमबार सम्पन्न कार्यकारी समितिको बैठकले परिषदका सदस्यहरुलाई विभिन्न ९ खेलका लागि संयोजकको जिम्मेवारी दिएको हो ।


परिषदका सदस्य सचिब श्रीधर शर्माको अध्यक्षतामा सम्पन्न बैठकले परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, कार्यकारी सदस्य दिल बहादुर गुरुङ र ऋषीराम गौतमलाई अनुगमन समितिको सदस्यमा तोकेको छ । त्यसै गरी पुरुष भलिबलको संयोजकमा परिषदका सदस्य बसन्तराज दवाडी, महिला भलिबलको संयोजकमा शुभकन्या गुरुङ, फुटबलतर्फ आकृती भण्डारीलाई संयोजक तोकेको छ ।


क्रिकेटको संयोजकमा परिषदका सदस्य केशव पाठक, तेक्वान्दोमा योगिता सहानी, बक्सिङमा कार्यकारी सदस्य ऋषीराम गौतम, कराँतेमा योगेन्द्र शेरचन, एथलेटिक्समा गिरमान गुरुङ, पौडीमा योगेन्द्र गुरुङ र ब्याडमिन्टनको संयोजकमा बिनय थापालाई जिम्मेवारी दिएको छ ।


प्रतियोगिता अन्तर्गत महिला/पुरुष फुटबल, क्रिकेट, भलिबल, बक्सिङ, व्याडमिन्टन, एथलेटिक्स, कराँते, तेक्वान्दो, भलिबल, पौडीखेलहरु सञ्चालन हुनेछन् ।


सम्पन्न बैठकले महिला फुटबलको २१ देखि चैत्र १ गते सम्म नवलपुरमा प्रशिक्षण हुने छ भने पुरुष फुटबल, तेक्वान्दो, एथलेटिक्स, पौडी, ब्याडमिन्टनको छनौट खेलहहरु यहि फागुन २६ र २७ गते पोखरामा तथा कराँतेको सोही मितिमा पर्वतमा छनौट खेल आयोजना गर्ने गरी निर्णय गरेको छ ।


त्यसै गरी भलिबल महिला तथा पुरुष र बक्सिङको छनौट खेल २३ र २४ गते पोखरामा हुनेछ भने महिला क्रिकेट छनौट फागुन २६ देखि २८ गते सम्म पोखरामा हुनेछ ।


सदस्य सचिब शर्माले सबै खेलका लागि खेलाडी छनौट गर्न परिषद र सम्बन्धित खेल संघ मार्फत खुल्ला आह्वान गरिने जनाउँदै छनौटमा सफल हुने खेलाडीलाई कम्तिमा पाँच दिनको बन्द प्रशिक्षणमा समावेश गर्ने बताए । 


 छनौटलाई पारदर्शी र मर्यादित बनाउन आग्रह गर्दै सदस्य सचिब शर्माले सबै सदस्यहरुलाई पहिलो पटक अन्तर प्रदेशमा हुने सहभागिताले दशौं राष्ट्रिय खेलकुदको तयारीका लागि समेत तयारीले प्रभाव पार्ने बताए । बजेटको सिमिततालाई ध्यानमा राख्दै छनौट कार्यक्रम गरेको बताउँदै उनले सिमित श्रोत र साधनका बाबजुद पनि खेलाडीहरुको मनोबल उच्च बनाउने गरी कार्य गर्नु पर्ने उनको भनाई थियो ।  


बागमतीमा हुने अन्तर प्रदेश खेलकुदका लागि गण्डकीबाट ९ खेलमा करिव २ सय ५० खेलाडीहरुको सहभागिता हुनेछ । प्रतियोगिता अन्तर्गत अधिकांश खेलहरु चितवन र फुटबल खेल भने हेटौडामा हुने भएको छ । 

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्

वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ।   पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

थप पढ्नुहोस्